नाच्दै–गाउँदै ट्राफिक सन्देश

img1

विशाल भट्टराई

गुल्मी, वैशाख ५

मंगलबार दिउँसो हर्दिनेटाको लुम्छामा कलाकारहरुले एउटा गीत गाए ‘हर्दिनेटा ड्राईभरले लापरबाही गर्दा, १३ को ज्यान गयो ओभरटेक गर्दा ।’ उक्त गीत गाईरहँदा त्यहाँका बृद्धबृद्धा देखि लिएर केटाकेटी सम्म मच्चिमच्चि नाचे । कोही बुझेर नाचे कोही संगितको तालमा यत्तिकैपनि नाचे  । तर मंगलबार दिनभरि जिल्ला ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठानले गरेको सांगितिक कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । अघिल्लो बर्ष बस दुर्घटना हुँदो सोही ठाउँमा १३ जनाले ज्यान गुमाएका थिए । कार्यक्रम पछि केही बृद्धबृद्धाहरुको आखाँको डिलडिलमा आँशुपनि थियो ।

प्रहरी र कलाकारहरुले गीत संगितको माध्यमबाट सडक दुर्घटना न्यून गर्नका लागि सदरमुकाम तम्घासबाट रिडि बजार सम्ममा १० ठाउँमा राती ८ बजे सम्म सचेतनामुलक कार्यक्रम गरेका थिए । गीत संगितका कुराहरु मान्छेले धेरै सम्झने भएकोले यस्तो नयाँ तरिकाबाट जनचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरीका प्रमुख बिदुर तिमल्सीनाले बताए । ‘जिल्लाका विभिन्न ठाउँमा सोँचे भन्दा राम्रो कार्यक्रम भयो, स्थानीयबासिन्दा सडकमै आएर नाच्दा हामीलाई खुब खुशी लागेको छ’ उनले भने ‘स्थानीय बासिन्दा, सबारी चालक तथा यात्रुहरुले ट्राफिक नियम आफ्नै लागि हो भनेर मनन गरेमा दुर्घटना कम हुन्छ ।’

‘ट्राफीक नियम सबै बुझ्मला, हामीसबै सचेत बनेर जिन्दगीलाई सोँचेर नियम संग सबै हिँडम्ला’ यो रिडिमा युवा लोक गायक रामचन्द्र चन्दले गाएको गीतको टुक्का हो । उनले यसरी गीत गाउँमा रिडिमा पनि स्थानीयको बाक्लै जमघट बन्यो । कार्यक्रमको अबधीमा आएर स्थानीय बासिन्दाहरुले बाक्लो जमघट निर्माण गरेका थिए । गायक रामचन्द्रचन्दले आफूहरुले नयाँबर्षको सुभारम्भमानै साजिक काममा सरिक हुन पाउँदाको खुशी प्रकट गरे । उक्त जनचेतनामुलक कार्यक्रमको सदरमुकाम तम्घासमा सभासद चन्द्र भण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रममा चन्द सहित शीलु भट्टराई, तुलसिंह रनपछाई, पार्वती खत्री, शुशीला थापा, हरि केसी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम अबधिमा प्रहरी तथा कलाकारहरुले ट्राफिक नियमको पालना गर्न, ख्याल गरेर बाटो काट्न, बच्चाबच्चीहरुलाई सडकमा नछाड्न, छतको यात्रा नगर्न लगायतका अनुरोध गरेका थिए ।

रिडिमा जनचेतनामुलक गीत गाउँदै गायक रामचन्द्र चन्द । तस्बिर  : विशाल भट्टराई