रेसुंगामा बृक्षारोपण

गुल्मी, साउन २ (स्काई)– 
 
रूरू रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीको आयोजनामा रेसुंगा क्षेत्रमा धार्मिक प्रबृत्तिका विरुवाहरुको बृक्षारोपण गरिएको छ ।
 
बृक्षारोपणमा पूर्व उर्जामन्त्री तथा सभासद गोकर्ण विष्ट, कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद चन्द्र भण्डारी, सभासदहरु कृष्णबहादुर छन्तेल, दिलशोभा पुन, सिर्जना तरामु र कमला विश्वकर्माले पाँच पाँच वटा धुपी सल्लाका विरुवाहरु रोप्नु भएको छ । सभासदहरुले बृक्षारोपण संबिधानसभा सफल हुने संकेतका रुपमो गरेको भन्दै रेसुंगामा लाग्ने साउने मेलाको अवलोकन र पोखरीमा स्नान लगायतका धार्मिक कार्यक्रमा सरिक भएका थिए । 
 
साथै अतिथिहरुले समितिले संचालन गरेका विकास आयोजनाको अनुगमन गरि हाल सम्म भएका कामहरु निरिक्षण गर्दै भविष्यमा रेसुंगा क्षेत्रलाई देशको प्मुख पर्यटन गन्तब्यका रुपमा विकास गर्नका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बृक्षारोपण कार्यक्रममा रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यैटन विकास समिति, गुल्मी उद्योग बाणिज्य संघ, संघ संस्था, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
 
कार्यक्रम समितिका सदस्य कृष्ण सुनारको अध्यक्षता र सदस्य सचिव नरेश भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।