मस्यौदा संबिधान माथी अन्तरक्रिया

गुल्मी, साउन २ (स्काई)–  

नेपाल नागरिक समाज गुल्मीको आयोजनामा मस्यौदा संबिधान माथी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 
गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष गुणनीधि शर्माले मस्यौदामा रहेका कमी कमजारीहरुलाई सुधार गर्न र मस्यौदा भीत्र रहेका बिबादित बिषयहरुलाई संसोध गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सभासदहरु चन्द्र भण्डारी र कृष्ण छन्तेललाई प्रदान गर्नुभएको थियो ।
 
नागरिक संबन्ध तथा संबिधान सुझाव समिति काठमाडौंबाट सुझाव संकलनका लागि आएका लक्ष्मण अर्यालले कार्यक्रमलाई सहजिरकयण गर्नुभएको थियो । कार्यक्रममा समाजका सदस्य प्राध्यापक शशि पन्थी, दीन पन्थी, प्रेमनाथ अर्याल, नेपाल बार एशोशियसनका अध्यक्ष विष्णु बलाल, दलित संघका प्रतिनिधि गणेश विश्वकर्मा, रेसुंगा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख ढुंडिराज पोख्रेल, मानव अधिकारकर्मी विष्णु सापकोटा, बारका सदस्य बेदबहादुर कुँवर, युवा बिद्यार्थी सुदर्शन खनाल, विश्व हिन्दु महासंघका प्रतिनिधि सुरेशचन्द्र भुसाल, समाजसेवि नन्दराम भुसाल लगायतले मस्यौदा माथी सुझाव सहित टिप्पणी गर्नुभएको थियो ।
 
टिप्पणीकर्ताहरुले मस्यौदा माथीको सुझाव संकलन अत्यन्तै कर्मकाण्डी भएको बताएका थिए । साथै उनीहरुले नेपालमा हिन्दु राज्य तथा कम भन्दा कम प्रदेश हुनुपर्ने बताएका थिए । लामो समय लगाएकार बनाईएको संबिधानको मस्यौदा माथी एक हप्ता मात्रै छलफल गरिनु दुर्भाग्य भएको उनीहरुको भनाईै रहेको थियो ।
 
सभासद द्वय भण्डारी र छन्तेलले नागरिकका सुझावलाई केन्द्मा पु¥याउने र जनताको भावना अनुरुप संबिधान निर्माण गर्न आफूहरुको योगदान रहने बताउनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे, स्थानीय विकास अधिकारी डिलाराम पन्थी लगायत जिल्ला भित्रका उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, पत्रकार, समाजसेवि, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समितिका अध्यक्ष शर्माको अध्यक्षता र प्रध्यापक अशोक पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।