रेसुंगामा साउने मेला सुरू

img1
 
गुल्मी, साउन १ (स्काई)– यहाँको प्रसिद्ध धार्मिक स्थल रेसुंगामा एक महिने साउने मेला सुरू भएको छ ।
 
शुक्रबार साउने सक्रान्तिबाट सुरू भएको मेला साउन महिनाभर चल्ने छ । विगतका बर्षहरूमा जस्तै यो बर्ष पनि रेसुंगामा धार्मिक प्रवचनसँगै रूद्री, चण्डीपाठ, शिवजीको पूजा लगायतका कार्यक्रमहरू हरेक दिन हुने रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । साउन महिनामा रेसुंगा पोखरीको स्नान गरेर यज्ञशालाको दर्शन गरेका सम्पूर्ण पापहरू नष्ट हुने विश्वास रहेको छ ।