बिनीको भरमा जिल्ला शिक्षा कार्यालय, निमित्तले पनि निमित्त दिए

img1
टोपलाल अर्याल
श्रावण १४, गुल्मी 
असार मसान्त सकिए पछि अहिले जिल्लाका प्राय सरकारी कार्यालय सुनसान छन् । तर जिल्ला शिक्षा कार्यालय गुल्मीमा भने यो नौलो होइन । सधै जसो सुनसान नै हुन्छ, कार्यालयमा सोध्यो भने अधिकांश कर्मचारी फिल्ड भएको उत्तर आउँछ । बिद्युतको लाइन गयो भने गुल्मी प्राधिकरणले बुटवल र पाल्पाको बिचमा बिग्रियो भन्नु तथा शिक्षाका कर्मचारी खोइ भन्दा जिल्ला शिक्षा कार्यालयले फिल्डमा भन्नु उनीहरुको थेगो जस्तै भएको छ ।
 
 बुधबार जिल्ला शिक्षा कार्यालय गुल्मी सुनसान थियो । कार्यलयका अधिकाशं कार्यकक्षमा पुग्दा कोठामा रहेका धेरैजसो कुर्सीहरु खाली नै थिए । जिल्ला शिक्षा कार्यलय गुल्मीका प्रमुखको कोठा अगाडी झुण्ड्याइएको नेम प्लेटमा दिनेशकुमार श्रेष्ठ भित्र भनेर लेखिए पनि भित्र जिल्ला शिक्षा अधिकारीको कुर्सी खाली थियो । कार्यलयमा केही बिद्यालय निरिक्षकहरु, कर्मचारी प्रशासन शाखाका कर्मचारी, लेखापाल , पियन बाहेक अन्य कर्मचारी कोही पनि नभेटिएपछि सेवा लिन आएका सेवाग्रहीहरु समेत अलमलमा परेका थिए । कार्यलयमा केही सुचना लिनका लागि शिक्षा कार्यलयमा पुगेका सञ्चारकर्मीहरु समेत कार्यलय प्रमुख तथा सुचना अधिकृत नभएपछि रित्तो हात लिएर फर्कन बाध्य भएका थिए । 
त्यस्तै कार्यलयका शाखा अधिकृत हरिलाल अर्याल पनि कार्यलय बाहिर रहेको जानकारी कार्यलयले दिएको छ । शाखा अधिकृत अर्याल आज कार्यलयमा अनिवार्य हाजिर हुनुपर्ने जनाइएको छ । तर हाजिर हुनुपर्ने भएपनि उहाँ आज कार्यलय आउनु भएको थिएन ।
 
 जिल्लाका अधिकाशं सरकारी बिद्यालयहरु बर्षे बिदा छन् । तर जिल्ला शिक्षा कार्यलय गुल्मीले भने फिल्डको काम भन्दै धेरैजसो कर्मचारीलाई फिल्ड काज बनाएर बिदा दिएको कार्यलयको हाजिरीमा उल्लेख छ । यसरी जिल्लाका बिद्यालयहरु बन्द हुनु र जिल्ला शिक्षा कार्यलय गुल्मीले भने फिल्डको काम देखाई फिल्ड काज बनाउनुले शिक्षा कार्यालय गैरजिम्मेवार जस्तो देखिन्छ । 
 
 यता भदौ ४ गते जिल्ला शिक्षा कार्यलय गुल्मीका काम लिएर मन्त्रालय र बिभाग काठमाडौ पुगेका कार्यलय प्रमुख श्रेष्ठ अझै पनि जिल्लामा फर्किएका छैनन । जिल्ला शिक्षा अधिकारले निमित्त दिएका दिपेन्द्र ढकाल पनि आज अर्कालाई निमित्त छोडेर बाहिर जानुभएको छ । जिल्ला शिक्षा अधिकारी दिनेश कुमार श्रेष्ठले कार्यलयका उप सचिव दिपेन्द्र ढकाललाई निमित्त छाडेर गएको भएपनि निमित्तले पनि निमित्त छोडेर गएपछि जिल्ला शिक्षा कार्यलय गुल्मी बिद्यालय निरिक्षकको भरमा रहेको छ ।
ढकालले बिद्यालय निरिक्षक रेश्मीराज अर्याललाई जिल्ला शिक्षा कार्यलय गुल्मीको निमित्त कार्यलय प्रमुखको जिम्मेवारी दिएका हुन । पछिल्लो समयमा जिल्ला शिक्षा कार्यलय गुल्मीले जिल्लाका दरवन्दीको अवस्था समेत सार्वजनिक गर्न आनाकानी गरेको जनगुनासो बढेको छ ।