५२ पुरस्कृत, ८ लाई कारबाही

img1

आर्थिक बर्ष २०७०÷७१ मा जिल्ला भरका ५२ जना प्रहरी पुरस्कृत भएका छन् । ८ जना कारबाहीमा परेका छन् । अञ्चल प्रहरी कार्यालयबाट रेकर्डमा जोडिने गरि डिएसपी पुरस्कृत भएका हुन् भने ३ प्रहरी निरिक्षक सहित जवान सम्मको दर्जाका प्रहरीहरु जिल्ला प्रहरी कार्यालयबाटै रेकर्डमा जोडिने गरि पुरस्कृत भएका हुन् । एक सई, दुई असई, दुई हबल्दार, दुई जवान र एक परिचर सोही आर्थिक बर्षमा कारबाहीमा परेका छन् । प्रहरी आचारण विपरित काम गरेको भन्दै उनीहरुलाई रेकर्डमै जोडिने गरि कारबाही गरिएको हो ।