लक्ष्य भन्दा ३६ लाख बढी राजश्व

img1

गुल्मी, साउन ३

जिल्ला मालपोत कार्यलय आर्थिक बर्ष २०७०-७१ को असार मसान्त सम्ममा लक्ष्य भन्दा झण्डै ३७ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकृत गोकर्ण मरासीनीले दिएको जानकारी अनुसार पालपोत कार्यालयले ३६ लाख ३९ हजार राजश्व संकलन गरेको हो । कार्यालयले असार मशान्त सम्म घर जग्गा रजिष्टेशनबाट १ करोड १० लाख ७० हजार राजश्व संकलनको लक्ष्य निर्धारण गरेकोमा १ करोड ४७ लाख ८ हजार ९ सय ७० रुपैया राजश्व संकलन गरेको छ । उक्त बढि रकम ५ हजार ३ सय थान लिखित रजिष्टेशनबाट प्राप्त भएको मालपोत अधिकृत रामचन्द्र अर्यालले बताए ।

 
सेवा शुल्क मार्फत १६ लाख २६ हजार ७ सय ९५ रुपैयाँ राजश्व संकलन भएको छ ।  त्यस्तै रोक्का दस्तुरमा २ लाख ५ सय ८५ रुपैयाँ, बिक्रि तर्फ ९५ हजार ७ सय ५० र पुँजीगत  लाभाकर तर्फ ५ लाख ६७ हजार ५ सय राजस्व संकलन भएको छ । महिला र दलित जग्गा तर्फ धनी १ हजार २ सय ३९ जना थप भएका छन्  ।  जसले गर्दा महिला र दलितहरुले रजिष्टेशन तर्फ २८ लाख रुपैयाँ छुट पाएका छन् । मालपोत अधिकृत अर्यालले दिएको जानकारी अनुसार जग्गा  दर्ता, संशोधन, हकसफा, समेतबाट कुल १ हजार ८ सय ७२ निवेदन मिसिलहरु मध्ये १ हजार ३ सय १ थान फर्छौट गरिएको छ ।