चुङी करको बिरोध

img1

गुल्मी, साउन ३  –

जिल्ला विकास समितिले बलेटक्सारमा चुङी कर उठाउने निर्णय गरेपछि ब्यवसायीहरुले बिरोध गरेका छन् । बलेटक्सारमा बसेको ब्यवसायीहरुको भेलाले करको बिरोध गर्दै तत्काल फिर्ता गर्न माग समेत गरेका छन् । बलेटक्सार, रानीबास, चौतारा लगायतका क्षेत्रका ब्यवसायीहरुले चुङी करको बिरोध गरेका हुन् । बलेटक्सारका ब्यवसायी तोयनारायण ज्ञवालीले कर उठाउने निर्णय फिर्ता नभएमा आन्दोलन गर्ने समेत चेताबनी दिए ।

जिविसले बलेटक्सारमा रानीबास–भन्ज्याङ–रिमुवा जाने सबार साधनमा प्रत्येक पटक बसको एक सय, ट्रयाक्टरको ७५, कारको ५० र डोजरमा १५ सय उठाउने गरि निर्णय गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । यस भन्दा अघि उक्त सरकारले उक्त कर नउठाउने निर्णय गरेको थियो ।