डर लाग्दा बिद्युत हाईटेन्सन

img1
विशाल भट्टराई
गुल्मी, साउन २
वैशाख १९ गते रेसुंगा नगरपालिका अर्खले लामडाँडामा आफ्नै बारीमा घाँस काटिरहेको बेलामा करेन्ट लागेर स्थाानीय पुनाराम पोख्रेलले ज्यान गुमाए । बिद्युत हाईटेन्सनमा बारीमा रहेको रुख छोईँदा उनलेको घटनास्थलमै ज्यान गयो । होँचो बिद्युत हाईटेन्सनका कारण । अर्खलेमा भएको घटनाको एक महिना पनि नपुग्दै जैसिथोक गाविसमा करेन्ट लागेर जैसिथोक ९ का मनोज पोख्रेलले पनि ज्यान गुमाए । उनीसँगै सर्लाहीका मनिष पोख्रेल घाईते भए । जैसिथोकमा पनि होँचो बिद्युत हाईटेन्सनमा बाटो सर्भे गर्दा प्रयोग हुने उपकरण छोईँदा उनको ज्यान गएको हो ।
 
 यसरी डरलाग्दो अवस्थामा रहेको बिद्युत हाईटेन्सन लाईनमा छोईँदा उनीहरुको ज्यान गएको हो । सदरमुकाम देखि जिल्लाका प्रत्येक गाउँघरमा बिद्युत हाईटेन्सन तारको अवस्था भद्रगोल छ । कतै तारहरु आफैमा छोईन लागेका छन् । कतै निकै होँचो अवस्थामा, रुखहरु छोईएका छन् । स्थानीयहरुको भनाई छ ‘मकैको बोटलेपनि छोईने बिद्युत हाईटेन्सन जोखिमपूर्ण छ ।’ स्थानीयहरुले हाईटेन्सन तार निकै होँचो हुँदा समस्या परेको बताउँदै प्राधिकरणलाई उचाईँ बढाउन अनुरोध पनि गरेका छन् । 
 
तर बिद्युत प्राधिकरणका प्राबिधिक बिनोद कुमार बानियाँका अनुसार तारको उचाईँ बढाउन सक्ने अवस्था हुँदैन् । ‘सरदर हामीकहाँ तारको उचाईँ ७ देखि ८ मिटर हुनुपर्ने हो तर पहाडि जिल्लाहरुमा जमिनको कारणले कुनै ठाउँमा कमि छ कुनै ठाउँमा बढी पनि छ’ उनले भने ‘बाहीर हल्लामा आए जसरी तारको उचाई बढाउन सक्ने अवस्था हुँदैन् ।’ जिल्लामा ११ र ३३ केबिएको मात्रै प्रशारण लाईन छ । उनले आफूहरुले जिल्लामा रहेका हाईटेन्सन तार वरीपरिका रुखहरु पनि समय समयमा काटेको बताउँदै बिद्युतबाट हुने क्षतीका लागि सर्बसाधारणनै चनाखो हुनुपर्ने बताए । ‘जैसिथोकमा हाम्रो कारणले ज्यान गएको होईन, पहिले बिद्युतिकरण भयो पछि बाटो पोल भन्दा माथी बाट गयो अनि तार होँचो देखिएको हो’ उनले भने ‘यस्ता जोखिमपूर्ण अवस्थामा काम गर्दा तालीम प्राप्त मान्छेले गर्नुपर्छ ।’
 
बिद्यतु प्राधिकरणले आफूहरुको कारण नभएर जमिनको कारण क्षती भएको प्रतिक्रिया दिएपनि जिल्लामा रहेका सम्पूर्ण तारहरु खतरा मुक्त नरहेको प्रहरी निरिक्षक राजेन्द्र प्रसाद श्रेष्ठले बताए । उनले मान्छे बुरुक्क उफ्रँदा तार छोईने अवस्था पनि भएको बताउँदै जिल्लाको बिद्युतिकरण शुरक्षाको हिसावले अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको बताए । उनका अनुसार बिद्युत प्राधिकरणले आफूहरुको कामबाट जनतालाई शुरक्षाको अनुभूति दिलाउन सकेको छैन् । गाउँघरमा रहेका सामुदायिक बिद्युतिकरणमा पनि तारको अवस्था यस्तै अस्तब्यस्त छ । बिद्युत प्राधिरकणको लापरबाहीका कारण यस्तो भईरहेको सर्वसाधारणको आरोप छ । बिद्युत प्राधिकरणले हाईटेन्सन तार वरीपरि रहेका रुखहरुलाई समयमै काट्न सकेको छैन् । बिद्युतका एक कर्मचारीका अनुसार रुखहरुमा तार छोईने डरले पानी पर्ने बित्तिकै जिल्लामा लाईन काट्ने परम्परा बसालिएको छ । यसले सर्बसाधारण समस्यामा परेका छन् ।
 
बिद्युत प्राधिकरणका प्रमुख शुरेन्द्र चौधरीका अनुसार जिल्लामा सर्बसाधारणको लापरबाहीको कारणलेनै मानबिय क्षती हुने गरेको छ । ‘आयोजनाले बनाएको तार भएकोले गर्दा खेरी कतै जोखिम छ कतै छैन्’ उनले भने ‘पहाडका तारहरु जोखिमपूर्ण अवस्थामा छन् त्यसैले सर्बसाधारणले ध्यान दिनुपर्छ ।’ ८ देखि ११ मिटर पोलको उचाई हुने भएको बताउँदै उनले पहिले बनिसकेको बिद्युतिकरणलाई घटाउने वा बढाउने अवस्था रहँदैन् । उनले जिल्लामा रहेको बिद्युतिकरण आंशिक रुपमा जोखिमपूर्ण भएको बताउँदै यसमा सर्बसाधारणनै चानाखो हुनुपर्ने बताए । ‘करेन्ट लागेर मान्छे मर्ने क्रम चलिरहेकोले यसमा बिद्युत प्राधिरण वा सर्वसाधारण कसैलाई पनि दोष दिन मिल्दैन’ उनले भने ‘त्यसैले सबैले ध्यान दिनुपर्छ, हामीसँग मर्मत संहारका लागि पनि बजेट आएको हुँदैन् ।’