अर्घाखाँची दुर्घटनामा १९ को मृत्यु

img1

 

गुल्मी, वैशाख १७
 
अर्घाखाँचीको नरपानी गा.वि.स मा बस र ट्रक एक आपसमा ठोकिएर दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या १९पुगेको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन । सन्धिखर्कबाट बुटवलको लागी झुटेको लु १ ख ६२३१ नम्बरको बस र बुटवलबाट सन्धिखर्क आउँदै गरेको लु १ ख ७८२५ नम्बरको ट्रक ठोकिदा १७ जना जनाको मृत्यु भएको हो । 
 
नरपानी गानिसको वाड न . ५ जगात बहखोरको घुम्तीमा बस र ट्रक ठोक्कीएर बस र ट्रक दुबै सडकबाट करिब २ सय मिटर तल खोल्सामा खसेका छन । यस्तै अर्घाखाँचीको सन्धिखर्क गाविस वाड – ६ स्याले बजारमा भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ ।  सन्धिखर्क बाट कृष्ण नगर  जादै गरेको लु १ ज १३२९ नम्बरको जीप सडकमै दुर्घटना हुदा २ जनाको ज्यान गएको हो । 
 
मृत्यु हुनेहरुमध्ये ज्योती शिक्षा क्याम्पस ठाडाका प्रमुख   गणेश बेल्बासे, वाङ्गला घर भइ जिल्ला अस्पताल अर्घाखाँचीका डा. बिष्णु आचार्य , बिष्णुका बुबा जनार्दन आचार्य , धारापानीका नरेन्द्र बन्जाडे, बुटवलका कृष्ण श्रेष्ठ, सन्धिखर्ककी सान्तादेबी आचार्य , ढाकाबांगकि बसन्ता श्रोत्री, ठाडाकि अनिता बेल्बासे रहेका छन ।  
 
 अन्य मृत्यु हुनेहरुमा नरपानी ९ कि धनसरि बगाले मगर, ढाकाबांगका जनक खनाल, जुकेनाकि तिलकला बेल्बासे, रुपन्देही ७ का छमी श्रेष्ठ, भारत बिहारका नुर आलाम, यमा सुदीन र भुबत लाहा लम्बु रहेका छन । 
 
 दुर्घटनामा गम्भीर घाइते भएका २४ जनालाइ उपचारको लागि सेनाको  हेलिकप्टरबाट काठमाण्डौ । घाइते मध्ये केहिको जिल्ला अस्पताल र केहिलाइ उपचारका लागि बुटबल पठाइएको छ । घटनास्थलमा गइ नेपाली सेना नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका छन । 
 
– अर्घाखाँचीबाट प्रेमनारायण आचार्यको सहयोगमा ।