राप्तीमा भ्रष्ट्राचार बिरुद्धको अभियान

 

प्यूठान, वैशाख १७
कालो धन कमाउनेहरुको लागि शुद्धिकरण गर्ने भन्दै सम्पत्ति शुद्धीकरण विभागले पहिलो पटक सम्पत्ति शुद्धीकरण अभियान सहित राप्तीमा जनचेता अभियान सुरु गरेको छ । गैरकानुनी रुपमा आर्जन गरीएको सम्पत्तिको संङख्या बढदै गएपछि न्यूनिकरणका लागि भन्दै राप्तीमै पहिलो पटक अभियान सहित जिल्ला स्तरका सरोकारवाला तथा अन्य पक्ष संग छलफल र अन्तरक्रिया संञ्चालन गरीएको विभागका महानिर्देशक चुडामणि शर्माले बताउनुभयो । २०६८ सालमा विभाग स्थापना भएपछि राप्तीका प्यूठान, दाङ, रोल्पा, रुकुम र सल्यानमा कुनैपनि कार्यक्रमहरु संञ्चालन नगरीएको र सम्पत्ति शुद्धीकरणका बारेमा स्थानिय स्तर सम्ममा जानकारी  नभएको भन्दै जनचेतना अभियान सहित राप्तीमा कार्यक्रम सुरु भएको बताउनुभयो ।
 
बिभागले नेपाल प्रहरी संगै सम्वनय गरी पहिलो चरणमा डन र गुन्डाहरुलाई समाप्ते र उनिहरुले कमाएको अबैध धनलाई जफत गर्ने भएको भन्दै केहि अबको केहि समयमै नेपालबाट डन र गुन्डाहरुको समाप्त गर्ने योजनामा आफुहरु रहेको जानकारी दिनभयो । विभाग स्थापना पछि  ५ सय १२ मुद्धामाथि क्षानविन गरेको र त्यसमा ३ दर्जन मुद्धाहरु बिशेष अदालतमा विचाराधिन रहेको छ ।  विभागका निर्देशक शिशिर घिमिरेले आफुहरुले सचेताना कार्यक्रम संञ्चालन गर्ने र त्यसपछि परिपालनसंगै उपचार गर्ने गरी कार्यक्रमहरु संञ्चालन गरेको जानकारी दिनुभयो ।