खोलामा डुबेर बालीकाको मृत्यु

धिरेन्द्र भट्टराई
सिर्सेनी (गुल्मी), वैशाख १३ 
 
गुल्मीको सिर्सेनी गाविसमा खोलामा डुबेर एक बालीकाको मृत्यु भएको छ । सिर्सेनी–९ को पनाह खोलामा डुबेर प्यूठानको खुङ–१ की शान्ता चुँदालाको मृत्यु भएको हो । सिर्सेनी गाविसका गोकर्ण बिकको घरमा भेटघाटमा आएकी बालीकाको पौडि खेल्ने क्रममा हिँजो साँझ मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय पुर्कोट दह र मरभुङ प्रहरी चौकीको टोलीले बालीकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याएको प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो ।