आफ्नै कारण बिद्युत प्राधिकरण घाटामा : ज्ञवाली

 

गुल्मी, वैशाख १२
 
सामुदायिक बिद्युत उपभोक्ता राष्ट्रिय महासंघका महासचिव नारायण ज्ञवालीले राज्यको आफ्नै कमजोरीका कारण बिद्युत प्राधिकरण घाटामा गएको बताउनुभएको छ । राज्यको जनाताका आधारभुत आवश्यक्ता पूरा गर्नुपर्ने कर्तब्य भएको बताउँदै उहाँले राज्यले आवश्यक्ताहरु पूरा गर्न नसकेको र अरु संस्थाहरुलाई पनि अबरोध सिर्जना गरेको बताउनुभयो ।  उहाँले बिद्युतको क्षेत्रमा सामुदायिक बिद्युत राष्ट्रिय महासंघले काम गर्न खोजेपनि सरकारले उपयुक्त वातावरण सिर्जना गर्न नसेको बताउनुभयो । ‘विभिन्न समस्या देखाएर प्राधिकरण उम्कन पाउँदैन, जनताले सजिलो गरि विजुली वाल्न पाउनुपर्छ’ उहाँले भन्नुभयो ‘उत्पादन, प्रशारण र वितरणको जिम्मेवारी प्राधिकरणको थाप्लोमा हुँदा प्राधिकरण फेल खाईरहेको छ । आज सदरमुकाम तम्घासमा सपन्न भएको प्रास्तावित विद्युत ऐनमा ग्रामिण बिद्युतिककरणको सवाल बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वितरणको जिम्मा स्थानीय स्तरमा रहेको समुदायलाई हस्तान्त्रण गर्नुपर्ने बताउनुभयो । 
 
उहाँले नेपालमा रहेको बिद्यमान समस्या समाधान गर्न बिद्युत ऐनको आवश्यक्ता रहेको बताउनुभयो । जब सम्म नीति निर्माण तहमै ऐनको महत्व प्रष्ट हुँदैन तव सम्म यस्ता समस्या आईरहने भएकोले जिल्लाका सरोकारवालाहरुलाई घचघच्याउनको लागि ऐनको बारेमा जानकारी गराईएको हो । उहाँले सामुदायिक बिद्युत महासंघ तीन बर्ष भित्रमा गुल्मीलाई उज्यालो जिल्ला घोषणा गर्न लािग परेको समेत जानकारी दिनुभयो ।  
 
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य कमला शर्मा, स्थानेश्वर भण्डारी, नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठ, नेकपा एमालेका सोमनाथ सापकोटा, एकिकृत माओबादीका अशोक थापा, जनमोर्चाका जीवन राना, राप्रपाका भरतबहादुर चन्द, पूर्व जिविस सभापति कोशल पोख्रेल, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, बिद्युत प्राधिकरण गुल्मीका प्रमुख सुरेन्द्र चौधरी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला विकास समिति गुल्मीका कार्यक्रम अधिकृत बिनोद मरासिनी, प्रहरी नायव उपरिक्षक राजकुमार लम्साल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका गुल्मी शाखा अध्यक्ष छबिलाल सर्तुङगीको अध्यक्षतामा सम्पन्न भएको थियो ।