गुल्मी तारा र शैली प्रतिभाको सञ्चालन हुने

 

गुल्मी, वैशाख १२
 
स्थानीय स्तरमा रहेका कलाकारहरुलाई पहिचान गर्ने उदेश्यका साथ गुल्मीमा दुई संस्थाले प्रतिभाको खोजी गर्ने भएका छन् । लोक तथा दोहोरी गीतमा रुची भएकाहरुलाई सहयोग पु¥याउने उदेश्यले प्रतिभाको खोजी कार्य सञ्चालन हुन थालेको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा र शैली डिजिटल प्राली काठमाडौंले छुट्टा  छुट्टै कार्यक्रमबाट प्रतिभाको खोजी गर्न थालेका हुन् । प्रतिष्ठानले दुई जनालाई गुल्मी तारा बनाउने भएको छ भने शैली डिजिटलले शैली प्रतिभाको बनाउने भएको छ । प्रतिष्ठानले शुक्रबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
 
पत्रकार सम्मेलनमा लोक दोहोरी प्रतिष्ठानका सचिव जनक पन्थले आउँदो जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर उक्त कार्यक्रमको उद्घाटन गर्ने जानकारी दिनुभयो । प्रतिष्ठानले सोही कार्यक्रमको अवसरमा गुल्मेली भूमीमा जन्मिएका बरिष्ठ लोकदोहोरी गायक बोमबहादर कार्कीलाई सम्मान समेत गर्ने भएको छ । तीन चरणमा सम्पन्न हुने उक्त कार्यक्रमको पहिलो चरणको कार्यक्रम जेठ ३१ गते शान्तिपुर, जेठ २४ गते अम्मरपुर र असार ७ गते बलेटक्सारमा हुने पन्थले जानकारी दिनुभयो । ‘जिल्लामा रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नका लागि हामीले यस्तो कार्यक्रमको आयोजना गरेका हौ’ उहाँले भन्नुभयो ‘फाईनलमा पुग्ने २ जनलाई प्रतिष्ठानको खर्चमा गीत रेकर्ड देखि म्युजिक भिडियो तयार पार्ने सम्मको ब्यवस्था हुन्छ ।’
 
प्रतिष्ठानले जिल्लाभरबाट २ सय जनाले सहभागिता जनाउने लक्ष्य लिएको छ । प्रत्येक क्षेत्रबाट ७ जना कलाकार छानेर अरु दुई चरणको अडिसन सदरमुकाम तम्घासमा हुने प्रतिष्ठानले जनाएको छ । उत्कृष्ठ एक जना पुरुष र एक जना महिलाले गीत रेकर्ड गराउन पाउने छन् । यसैबिच शैली डिजिटल प्रालीले शैली प्रतिभाको दोस्रो संस्करण पनि सुरु गर्ने भएको छ । प्रालीका ब्यवस्थापक समेत रहेका लोक गायक रामचन्द्र चन्दले अघिल्लो बर्ष झैँ यो बर्ष पनि एक जना महिला र एक जना पुरुषलाई शैली प्रतिभाको घोषणा गरेर गीत रेकर्ड, भिडियो तयार र बजार ब्यवस्थापनको ब्यवस्था मिलाउने जानकारी दिनुभयो । शैली प्रतिभाको लागि भने फर्म संकलन पनि भईरहेको छ । अहिले ५५ जनाले फर्म भरिसकेको बताउँदै चन्दले कम्तिमा ३ सय जनाले फर्म भर्ने बताउनुहुन्छ । ‘हामीले अघिल्लो बर्ष पनि यहि कार्यक्रम गरेका थियौँ,’ चन्दले भन्नुभयो ‘अहिले पनि २ जनालाई उत्कृष्ट बनाएर झण्डै १/१ लाख बरावरको सहयोग हुन्छ ।’
 
अघिल्लो बर्ष शुशीला थापा र भिम नेपाली शैली प्रतिभाको भएका थिए । चन्दले वैशाख १८ गते वामी, १९ गते पुर्कोट दह र २० गते तम्घासमा पहिलो अडिसन हुने बताए । चौथो चरणमा शैली प्रतिभाको कार्यक्रम पूरा हुने उनको भनाई छ । जेठ भरिमा आफूहरुको कार्यक्रम सम्पन्न भईसक्ने चन्दको भनाई छ ।