सशासन अभियानको बैठक सम्पन्न

 

गुल्मी, वैशाख १२
 
सुशासन अभियान गुल्मीको वैठक सम्पन्न भएको छ । संस्थाद्धारा सञ्चालित एलाक डीपी कार्यक्रमलाई कसरी थप प्रभावकारी तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा वैठकमा छलफल भएको थियो । 
 
एलाक डीपी कार्यक्रमको वार्षिक कार्ययोजनाअनुरुप गरिने कार्यक्रम तथा हालसम्मको प्रगति लगायतका विषयमा वैठकमा छलफल भएको संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेले जानकारी दिनुभयो । साथै वैठकमा कार्यक्रम अधिकृत हीरा कुँवर तथा अध्यक्ष पाण्डेले काभ्रेको धुलिखेलमा गत चैत २६ गतेदेखि तीनदिनसम्म चलेको तालिम तथा एलाक डीपी परियोजना समीक्षाको कार्यक्रमको वारेमा समेत जानकारी गराउनुभएको थियो । 
 
युरोपियन युनियनको आर्थिक सहयोगमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध सुशासन अभियानद्धारा सञ्चालित एलाक डीपी परियोजनाले सरकारी सेवा सुधारमा वकालत गर्दै आएको छ । जसका लागि सरकारी सेवासम्वन्धि सर्वसाधरणका गुुनासा सुनेर सेवा सुधारका लागि पहल गरिँदै आएको कार्यालयले जनाएको छ ।