धत् ! गन्यमान्यकै घरमा चर्पी छैन्

img1
गुल्मी, वैशाख ९
 
खज्र्याङ गाविसको कार्यालय परिसरमा पुग्दा एउटा यस्तो अचम्मको सूचना देख्न पाइन्छ । त्यसमा लेखिएको छ ‘निम्न समाजका बरिष्ठ ब्यक्तिहरुले चर्पीको महत्व नबुुझेकाले गाविसलाई बाधा पुगेको ब्योहारा जानकारी गराउँछौँ ।’ समाजका अगुवा ब्यक्तिहरुलेनै शौचालय नबनाउँदा गाविसहरु समस्यामा परेका छन् । खज्र्याङ गाविसको कार्यालयमा टाँगिएको सूचनामा १२ जना सामाजिक ब्यक्तिहरुको नाम लेखिएको छ । 
 
समाजका अगुवा भएर पनि शौचालय नबनाएको कारण आफूहरु नाम टाँग्न बाध्य भएको गाविस सचिव शेरबहादुर कुवँरले जानकारी दिनुभयो । गाविसमा शौचालय नबनाउने अरु थुप्रै ब्यक्तिहरु रहेपनि समाजकै अगुवा ब्यक्तिहरुले चासो नदिएकोले १५ दिन पहिले उनीलाई ताकेता गर्नका लागि सूचना टाँसिएको उहाँको भनाई छ । कुँवरले पटक पटक अनुरोध गर्दापनि शौचालय नबनाएको कारण आफूहरु नाम टाँग्न बाध्य भएको बताउनुभयो ।
 
खज्र्याङ गाविस कार्यलयमा टाँगिएको सूचनामा वडा नम्बर १ की महिला स्वयमसेबिका सीता गौतम, वडा नागरिक मञ्चका अध्यक्ष गीता गौतम, महिला स्वास्थ्य स्वयमसेविका सुन्तली कुमाल, देबि घिमिरे, हेल्थ पोेष्टका कर्मचारी हुपबहादुर बुचा, वडा नागरिक मञ्च अध्यक्ष माया सिंजाली, शिक्षिका पार्वती गौतम, स्वास्थ्यकर्मी मदन श्रेष्ठ, हेल्थपोष्ट ब्यवस्थापन समितिका सदस्य गोबिन्द पाण्डे, होटल ब्यवसायी हरी प्रसाद पाण्डेय र समाजसेबि धनबहादुर बुचाको नाम रहेको छ ।