तन्नेरीको जाँगर

गुल्मी, वैशाख ९
 
अस्लेवा गाविसका २५ बर्षे तन्नेरी अर्जुन कनौजे गोलभेँडा खेतीबाटै बार्षिक ५ लाख कमाउन सफल हुनुभएको छ । जिल्ला कृषि विकास कार्यालय गुल्मीका अनुसार जिल्लामै सबैभन्दा बढी क्षेत्रफलमा गोलभेँडा फलाउने उहाँले ३० रोपनी जग्गामा गोलभेँडा रोप्नुभएको छ । बुटबल बहुमुखी क्याम्पसका बिद्यार्थी समेत रहेका उहाँले आजभोलि पढाईमा भन्दा बढी खेतीपातीमा ध्यान दिन थाल्नुभएको छ ।
उहाँ अहिले जिल्लामै सबै भन्दा बढी क्षेत्रफल गोलभेँडा फलाउने किसान हुनुहुन्छ । सुरु सुरुमा पढाई छोडेर गाउँ आएको ‘गए गुज्रेको तन्नेरी’को रूपमा परिचय बनाएका उहाँले अहिले गाउँमा उदाहरणीय कृषको छबि बनाईसक्नुभएको छ । उहाँले उत्पादन गरेको टमाटर गुल्मीमा मात्र हैन पोखरा सम्म पुग्ने गरेको छ । स्थानीय रुद्रबेणी बजार, रिडी बजार र छिमेकी जिल्ला पाल्पाको सदरमुकाम तानसेन, जिल्लाको सदरमुकाम तम्घास र बुटबलसम्म पनि अहिल उहाँकै गोलभेँडाले ठाउँ पाएको छ ।
 
उहाँले खुल्ला र टनेलमा टमाटर खेती गरेर ब्यवसायीक ब्यवसायीक बन्नुभएको छ ।  ‘शुरुमा गाउँलेको मात्र हैन बुबाको पनि गालि खानुपरेको थियो’ उनले विगत सम्झँदै भन्नुहुन्छ ‘तर अहिले बुबासँगै गाउँलले पनि सम्मान गर्छन् । अहिले बुबाले पनि खेतीपातीमा सहयोग गर्नुहुन्छ ।’ अघिल्लो बर्ष २० रोपनी क्षेत्रफलमा लगाएको टमाटरले ६० रुपैया किलोसम्म  बिक्रि भएपछि उहाँले अहिले ३० रोपनी क्षेत्रफलमै टमाटर लगाउनुभएको छ । अघिल्लो बर्ष जस्तो यो बर्ष टमाटरको भाउ नपरेको भएपनि आफूले उत्पादन गरेको टमाटर निरन्त पोखरा सम्म निर्यात हुने गरेको उहाँ बताउनुहुन्छ । छोटो समयमा सफल र ब्यवसायीक बनेका युवा कृषक कनौजेलाई जिल्ला कृषि विकास कार्यलयले प्राबिधिक सहयोग गर्दै आएको छ । 
कनौजेको सफलताले उत्साहित भएका यस क्षेत्रका अन्य किसानहरु पनि पछिल्लो समयमा टमाटर खेतीमा लागेका छन । गाउँका हरेका किसानहरुले तीन/चार रोपनी जमिनमा टमाटर खेती गर्नु सामान्य जस्तै बनेको छ । खुल्ला आकाशमुनि टमाटर लगाउदाँ हिउदयाममा पनि यहाँका किसानहरुले पर्याप्त आम्दानी लिन सफल भएका छन । सिँचाईको पर्याप्त सुबिधा रहेको उक्त क्षेत्रका किसानहरुले अहिले ब्यवसायिक कृषकको उपमा पाएका छन् । ‘उहाँको उमेरका युवाहरुले त्यत्तिकै समय खेर फालेर आफूलाई बर्बाद बनाएका छन्’ जिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले भन्नुभयो ‘उहाँ जिल्लामै बढी क्षेत्रफलमा टमाटर तथा तरकारी खेती गर्ने किसान हो, उहाँको मेहनतले हामीलाई पनि दंग बनाएको छ ।’ 
 
अधिकारीले आफ्नो जागिरे जीवनमा अहिले सम्म यस्तो सफल युवा कृषक नभेटेको बताउँछन् । समय समयमा उहाँको बारीमा कृषि प्राविधिकहरु सहित आफू पनि पुगेर अनुगमन तथा प्राबिधिक सहयोग गर्ने गरेको अधिकारीले बताउनुभयो । कृषिलाई ब्यवसायिक बनाएर जिल्लामै उदारणीय कृषक भएको भन्दै कृषि विकास कार्यलयले अहिले उनलाई १५ हजार रुपैँया पर्ने आलुको बिउ पनि सहयोग गरेको छ ।