दोलखामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

img1
दोलखा, वैशाख ८
 
गएराति दोलखामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खिम्तीबाट रामेछापको फुलासी जादै गरेको ट्याक्टर गएराति ९ बजे दोलखाको सहरे गाविस वडा नम्बर ३ भोर्लेको भीरबाट तामाकोसी नदीमा खस्दा दुई जनाको मृत्यु भएको हो ।
 
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ट्याक्टरका चालक महोत्तरी जिल्ला खरमारा घर भएका टिकाबहादुर श्रेष्ठ र ट्याक्टर धनीका  कामदार रामेछाप गेलुका नीरबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो । रामेछाप फुलासी १ का विनोद श्रेष्ठको ना १ त ८३१२ नम्बरको ट्याक्टर रामेछापको ढाडे सिरिसेमा सामान पु¥याएर फर्कदै गर्दा  दुर्घटनामा परेको थियो ।