पेट्रोलयम पदर्थाको आपुर्ति आजबाट सहज हुने

img1
काठमाडौं, वैशाख ८
 
पेट्रोलयम पदर्थाको आपूर्ति आजबाट सहज हुने भएको छ । नेपाल आयल निगमले भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको आपूर्ति गरिसकेकाले आजबाट सहज हुने निगमले जनाएको छ । नहिजोबाट तेल आउन सुरु गरेको र आज दोब्बर परिमाणमा पेट्रोल आयत गरेर आपूर्ति सहज बनाउन लागिएकाले  उपभोक्ताले खोजे जति पेट्रोल पाउने निगमको दाबी छ ।
 
नेपाल सरकार वाणिज्य तथा आपुर्ति मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृत भएको दुई अर्ब ५० करोड ऋण लिएर भारतीय आयल निमगलाई दिइसकेकाले आपुर्ति सहज हुने आयल निगमले जनाएको छ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले हिजो उपत्यकामा पेट्रोल चार लाख ७६ हजार लिटर र डिजेल चार लाख ७४ हजार लिटर आपूति र्गरेको जानकारी दिनुभयो । सामान्य अवस्थामा उपत्यकामा दैनिक औसत तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजेलको माग छ ।
 
उहाँले आज र भोलि पनि उपत्यकामा मागअनुसार नै तेल आपूति र्गर्न थानकोट डिपो तयार रहेको बताउनुभयो । आइओसीले अहिले रक्सौल नाकाबाट औसतमा दैनिक दुई हजार किलोलिटरको तेल दिइरहेको छ ।