गुल्मी सेवा समाजको साधारण सभा सम्पन्न

img1
कुमार अविरल पन्थी
दोहा, वैशाख ८
 
“गुल्मी सेवा समाज दोहा कतारको प्रतिवद्दता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मुल नाराका साथ गुल्मी सेवा समाज कतारको पाचौ साधारण सभा सम्पन्न भएको छ । विजय विक्रम बस्नेत को सभापतित्व तथा नेपाली राजदुतावास कतारका श्रम सहचारी इन्द्रदेव पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभामा गैर आवासीय नेपाल संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टी.वी. कार्की, गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मक्सुद आलम, गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद कतारका कोषाध्यक्ष एवम गुल्मी सेवा समाज कतारका प्रमुख सल्लाहकार द्रोण बस्नेत, नेपाल प्रवासी जनजाती महासंघ कतारका अध्यक्ष विनेश तामाङ बिशेष अतिथि रहनु भएको थियो ।
 
यसैगरी अथितीमा  गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद कतारका महा–सचिव विनोद भट्टराई, व्यावसायी तथा समाजसेवी दवानन्द गौतम, गुल्मी सेवा समाज कतारका सल्लाहकार शिव खड्का, गैर आवासीय नेपाल संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य अमृत गुरुङ, खगेन्द्र कार्की, विभीन्न सँघ संस्थाहरुबाट पाल्नु भएका प्रतिनिधिहरु रहनु भएको थियो । राजधानी अन्तराष्ट्रिय साप्ताहिकका प्रेम लामा, कान्तिपुर गल्फ साप्ताहिकका होम कार्की, गल्फ टाईम्स प्रतिनिधि उषा गौतम, ए.बि.सि.न्युज ब्द्यऋ ल्भ्ध्क् प्रतिनिधि शिवराज गौतम लगायत रोजगारीको सिलसीलामा कतारमा कार्यरत गुल्मेली तथा प्रवासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको बाक्लो उपस्थित रहेको थियो ।
 
कार्यक्रमका प्रमुख अतिथि इन्द्रदेव पाण्डेले व्यानर अनावरण तथा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । संस्थाका कोषध्यक्ष झबिन्द्र आचार्यले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण लाई स्वागत गर्नु भएको उक्त कार्यक्रममा गुल्मेली कलाकार दोय डोलराज परियार र अजित अविरल कुमारले स्वागत गित प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रवासी नेपालीको साझा संस्था गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मक्सुद आलम एवम समाज सेवी तथा व्यावसायी बद्रि प्रसाद पाण्डेलाई गुल्मी सेवा समाज कतारको मानार्थ सदस्यता प्रदान गरिएको छ ।
 
त्यसैगरी पत्रकारहरु होम कार्की, प्रेम लामा,खगेन्द्र कार्कीलाई सम्मान गरिएको थियो । संस्थाले आयोजना गरेका विभिन्न सांस्कृतिक एवम अन्य बिबिध कार्यक्रहरुमा सहयोग गर्नुहुने व्यक्तित्व लगायत कलाकारहरुलाई सम्मान तथा प्रशंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो भने संस्थाका का.वा. अध्यक्ष एवं सभाका सभापती बस्नेतले आफ्नो मनतव्य तथा शुभकामना व्यक्त गर्दै सभालाई पुर्णता दिनु भएको थियो । 
 
सो साधारण सभाले पुरानो कार्य समिती विघठन गरी नयाँ कार्यसमिती गठन गरेको छ । नव निर्वाचित कार्यसमिति निम्न प्रकार रहेको छ ।
 
अध्यक्ष श्री शिव खड्का 
 
प्रथम उपाध्यक्ष श्री झबिन्द्र आचार्य 
 
दितीय उपाध्यक्ष श्री राम प्रसाद घिमिरे 
 
सचिव श्री लिलामणि पन्थी (कुमार अविरल)
 
सह सचिव श्री केशव कंडेल
 
कोषाध्यक्ष श्री बुद्ध पाण्डे
 
सह कोषाध्यक्ष श्री बिष्णु गौतम 
 
क्षेत्रीय संयोजक (क्षेत्र नं. १) थम बहादुर वि.क.
 
क्षेत्रीय संयोजक (क्षेत्र नं. २) मित्र बी. एस. 
 
क्षेत्रीय संयोजक (क्षेत्र नं. ३) राम प्रसाद रेग्मी
 
सदस्य श्री नारायण के. सी. 
 
सदस्य श्री अच्युत पौडेल 
 
सदस्य श्री डोलराज परियार 
 
सदस्य श्री मिन प्रसाद प्रोख्रेल
 
सदस्य श्री ज्ञानेन्द्र घिमिरे
 
सदस्य श्री थानेश्वर पोखरेल 
 
सदस्य श्री रेम बहादुर नेपाली
 
सदस्य श्री यम बहादुर थापा 
 
महिला सदस्य श्रीमती मिना खड्का 
 
कार्यकमको अन्त्यमा बोल्दै नव निर्वाचित अध्यक्ष खड्काले सस्थालाई अझ सशक्त एवम कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई एक ढिक्का बनाएर आगाडी बढ्ने प्रतिबद्ता व्यक्त गर्नुभयो । सल्लाहकार समिति एवम रिक्त रहेका बाँकी सदस्यहरु सस्थाको पहिलो बैठकबाट चयन गरिने छ ।  
 
(पन्थी दोहाबाट हाम्रा समाचार सहयोगि हुनुहुन्छ ।)