एमाओबादीमा बलाल निर्बिरोध

img1
गुल्मी, वैशाख ७
 
एकिकृत नेकपा माओवादी गुल्मीको दोश्रो जिल्ला सम्मेलनले पुर्व संयोजक सुदर्शन वराललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । पुर्व सभासद समेत रहेका वराल गुल्मी क्षेत्र नम्वर १ को हर्राचौर निवासी हुनुहुन्छ । उहाँ नेकपा एमाले परित्याग गरी  २०५७ साल देखि माओवादी जनयुद्धमा लाग्नुभएको थियो । त्यस्तै उपाध्यक्षमा उमा बि.क., सचिवमा युवराज के.सी, सह–सचिव बुद्धि जि.सी., कोषाध्यक्ष ज्ञान बहादुर बुढा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सदस्यहरुमा सूर्य बहादुर बुढा, वेगम चन्द बोहोरा,  देविराम अर्याल, भूपाल पोखरेल, प्रेमप्रकाश भट्टराई, अशोक थापा, शेर बहादुर सर्तुङ्गी, सिर्जना तरामु,  लिल बहादुर के.सी,  नोख बहादुर पौडेल, मनिराम  ज्ञवाली, दामोदर वस्नेत, लिला थापा, खुम बहादुर थापा, महेन्द्र वि.सी. , टिकाराम पोखरेल, शरद वि.क.,  जीतु त्रामु मगर चयन हुनुभएको छ ।
 
त्यस्तै अन्य सदस्यहरुमा यदु ज्ञवाली, लोकनाथ पाण्डे, चित्र बहादुर श्रीस,  कविता वि.क. ,वविता रिजाल, वन्दना पोखरेल, उषा वुढा,  वावुराम वोहोरा, वसन्त सुनार,  भिम्सेन पौडेल, चन्द्रबहादुर महत, इश्वरी वि.क., नारायण चन्द वोहोरा, खगेश्वर गौतम, निम बहादुर पाण्डे रहनुभएको छ । कमिटिमा अधिकांश युवा नेताहरु छन् । सम्मलेनले जिल्लाका ७९ वटै गा.वि.स. वाट निर्वाचित भएर आएका कुल १७६ प्रतिनीधि/पर्यवेक्षक द्वारा वन्द सत्रमा कूल ५१ सदस्यीय जिल्ला कमिटीको अनुमोदन गरेको । हाल लाई ३८ सदस्य सर्वसम्मत निर्वाचित गरिएको र १३ जना पछि कमिटीले मनोनयन गर्ने लगायतका निर्णयह अध्यक्ष सुदर्शन वरालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।   सम्मेलनले जिल्ला सल्लाहकार सदस्यमा तत्काल १५ सदस्य चयन गरेको छ ।  त्यस्तै  १० जना राष्ट्रिय सममेलनमा जानका लागि  प्रतिनीधि चयन गरिएको छ ।  
 
यसै विच नव गठित जिल्ला कमिटीको प्रथम वैठकले  वर्तमान सरकारद्वारा जनताका आधारभुत उपभोग्य वस्तुहरुमा भैरहेको मूल्य वृद्धि, इन्धन अभाव देश व्यापी हत्या हिंसाका घटनाहरु लगायतको विरोध गर्ने निर्णय गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने सम्बन्धमा केन्द्रिय तहमा भएको सहमतिको स्वागत गर्दै फेरी पनि हुन सक्ने षड्यन्त्र र राज्य आतङ्क बारे खवरदारी गर्ने निर्णय गरेको छ ।