राजनीतिक सम्बाद तथा सहमति समितिको सभापति चयनका लागि १२ गते निर्वाचन

गुल्मी, वैशाख ७

संविधानसभा अन्तरगत गठन गरिएको संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिको सभापति चयनका लागि सहमति नभएपछि संविधानसभाका अध्यक्षलाई निर्वाचनको मिति तोक्न आग्रह गर्ने निर्णय दलहरुले गरेका छन् । सहमतिय प्रक्रियाबाट सभापति छान्न भनेर आज बसेको बैठकमा सहमति नभएपछि १२ गते बहुमतिय प्रक्रियाबाट सभापति छान्ने निर्णय दलहरुले गरेका हुन्  । १२ गते निर्वाचनका लागि संविधानसभाका अध्यक्षलाई आग्रह गर्ने समितिले निर्णय गरेको छ ।