जिप दुर्घटनामा ५ को मृत्यु

img1
विशाल भट्टराई
 
गुल्मी, वैशाख ७
 
गुल्मीको दरबारदेबिस्थान गाबिसबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा  जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अरु ३ जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो । 
 
आज बिहान दरबरदेबिस्थान –८ चारपालामा लु १ ज २५२९ नम्बर जिप दुर्घटना हुँदा दरबारदेबिस्थान ८ का ३५ बर्षिय गाडि धनी महेन्द्र कुँवर, ५० बर्षकी जमुना खत्री, ८ बर्षका बालक बिवश थापा र वलोकट –८ अर्घाखाँचीकी ४५ बर्षिय सानु मियाको ज्यान गएको प्रहरी निरिक्षक  निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । ४० वर्षकी चन्द्रकला सिंजालीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १७ जना घाईते भएका छन् ।
 
घाईते मध्य ९ जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा रेफर गरिएको छ । अरुको जिल्ला अस्पताल तम्घासमै उपचार भईरहेको छ । अस्पताल स्रोतका अनुसार घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेको छ । अधिकांश घाईतेहरुको घाँटी देखि माथि टाउकोको भागमा चोट लागेको छ ।