About us

सामुदायिक रेडियो स्काई गुल्मीको पहिलो सामुदायिक रेडियो हो ।

२०६७ सालमा स्थापना भएको रेडियो स्काईले अहिले लाखौँ स्रोताको मन जितेको छ ।  गुल्मी जिल्लामा सामुदायिक रेडियोको आवश्यकतालाई महशुश गर्दै गुल्मी तथा अर्घाखाँचीका समाजिक ब्यक्तित्वहरुको सामुहिक पहलामा रेडियोको स्थापना भएको हो । अर्जुन डाँडामा टावर राखिएको रेडियोको स्टुडियो भने सदरमुकाम तम्घासमा छ । 

सुरुमा १ सय वाट क्षमताबाट प्रशारण भएको रेडियो अहिले ५ सय वाट क्षमताबाट प्रशारण भईरहेको छ ।

रेडियो स्काई गुल्मी सहित करिब २५ जिल्लामा सुन्न सकिन्छ । हामीले समाजमा रहेका हरेक परिस्थितिहरुलाई आत्मसाथ गर्दै रेडियोको प्रशारणलाई अगाडि बढाएका छौँ । सामाजिक बिषयबस्तुहरुनै हाम्रा समाचार तथा कार्यक्रमहरुमा भेट्न सक्नुहुने छ । 

 

हामीलाई यहाँ भेट्न सकिन्छ 

 
सामुदायिक रेडियो स्काई, तम्घास गुल्मी
 
समाचारका लागि : skynews.gulmi@gmail.com
 
प्रशासनका लागि: skyfmgulmi@gmail.com
 
बिज्ञापनका लागि :marketing.skyfm@gmail.com
 
कार्यक्रमका लागि : rj.radiosky@gmail.com